सुदूरपश्चिम प्रदेश सभाबाट बजेट बहुमतले पारित

सुदूरपश्चिम प्रदेश सभाबाट बजेट बहुमतले पारित

काठमाडौंः सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको हो।

बजेटमाथिको छलफल सकिएपछि गए राति ८ः४५ बजे बसेको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो।

बजेटका बारेमा प्रदेश सभा सदस्यले देखाएको असन्तुष्टिका कारण सदन सञ्चालन अवरुद्ध भइरहँदा बुधबार प्रदेश सरकार र प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच लिखित सहमति भएसँगै बजेटमाथिको छलफल सुरु भएको थियो। 

प्रदेश सरकारले यही असार १ गते रु ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट पेश गरेको थियो।

असार ३०, २०७९ बिहीबार १०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।