श्रीलङ्कामा संकटकाल घोषणा, प्रधानमन्त्री कार्यालयको गेट भत्काउँदै प्रदर्शनकारी

श्रीलङ्कामा संकटकाल घोषणा, प्रधानमन्त्री कार्यालयको गेट भत्काउँदै प्रदर्शनकारी
तस्बिर: बीबीसी

एजेन्सीः श्रीलङ्कामा संकटकाल घोषणा गरिएको छ। त्यहाँका प्रधानमन्त्री रानिल विक्रमासिंघेले आज देशभर संकटाल लागू गर्दै पश्चिमी क्षेत्रमा कर्फ्यु लगाएका हुन्।

यसैबीच त्यहाँका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छोडेका छन्। उनको साथमा श्रीमती पनि छिन्।

बीबीसीका अनुसार हाल प्रधानमन्त्री कार्यालयअगाडि प्रदर्शनकारीहरू उग्र भएका छन्। गेट घेरिएको छ भने भत्काउने प्रयास पनि भइरहेको छ।

केही प्रदर्शनकारीहरू सुरक्षाकर्मीमाथि बोतल फालिरहेका छन्। प्रहरी मुकदर्शक बनेर बसेको छ।

प्रधानमन्त्री कार्यालयको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ। सेनाले उच्च तहको सुरक्षा दिइरहेको बताइएको छ।

केही बेरअघि प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको थियो।

असार २९, २०७९ बुधबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।