बिहे गर्ने निता, भाइरल हुने आमेश

बिहे गर्ने निता, भाइरल हुने आमेश

काठमाडौँ : विवाह समारोहमा देखाएको एटिट्युड, २५ लाखको नेकलेसको गसिप अनि भुवन केसीको भद्दा आशीर्वाद। धेरै कारण छन् अभिनेत्री निता ढुङ्गाना र ज्योतिष हरिहर अधिकारीको विवाह समारोह चर्चामा रहनुको।

विवाह गरेको एकसाता हुन लाग्यो नि। तै पनि सेलाएको हैन उनका विवाहका प्रशंगहरु। चर्चा बढाउनमा उनका जीवनका वर्तमान मात्रै हैन विगतका पात्रले पनि भुमिका खेले। चर्चाको बिच्चमा एकाएक प्रवेश भयो आमेश भण्डारीको जो उनको विवाहमा निम्तालु पनि थिएनन्।

ठिकठिकै गायक अनि फ्लप नायक छवि भएका उनी टिकटकभरी छाएका छन् निताकै प्रशंगमा। जुन दिन निताको विवाह भयो नि त्यही दिन ड्राफ्टी भनेर उनले राखेको भिडियोले एक मिलियन भ्युज पार गरिसक्यो। त्यो क्लिप उनले टिकटकमा राखेकोमध्ये सर्वाधिक हेरिनेमा पर्ने पक्का छ।

उनी निताको विवाहमा ननिम्त्याएको भए पनि उनी भाइरल हुनुको सम्बन्ध भने निताको विवाहसँग जोडिएको छ। टिकटक हेर्नेले त थाहा पाइहाल्छन्। किनकि जहाँ-जहाँ आमेशको भिडियो राखिएको छ नि त्यहाँ निता र हरिहर पनि छन्।

कुनै भिडियोमा 'सपनीमा आयौ तिमी बिपनीमा गयौ' भनिरहेका छन् त कुनैमा 'हिजोसम्म बेबी तिमी मेरो राजकुमार हौ भन्थ्यौ तर आज अर्कैसँग गइदियौ' भनिरहेका छन्।

यी सब उनले गरेका हैनन् है टिकटक प्रयोगकर्ताको काम हो। कुरा के भने आमेश निताको पूर्व प्रेमी हुन्। चार वर्ष यी दुबै रिलेसनमा थिए। गायनमा रमेका आमेश फिल्म क्षेत्रमा नि आए। तर फ्लप भए। बिस्तारै दुबै टाढा भए।

अनि सार्वजनिक कार्यक्रममै आफूहरू प्रेमी-प्रेमिका भएको स्विकार्ने उनीहरू ब्रेकअपको कथा भन्न थाले। २१ वर्षमै भर्जिनिटी तोडियो भन्नेहरू मुटु तोडिएको कथा सार्वजनिक गर्न थाले।

जब निताको विवाह भयो अनि यी दुई को रिलेसनबारे जानकारले आमेशको अकाउन्टमा रहेको परिस्थिति मिल्दो लिपसिङको भिडियो तानेर निताको विवाहसँग लगेर जोडिदिए। अनि एकाएक भाइरल भए आमेश।

असार २९, २०७९ बुधबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।