खोलामा डुबेर एक जनाको मृत्यु

खोलामा डुबेर एक जनाको मृत्यु

मोरङः रंगेली नगरपालिका-२ स्थित खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो रंगेली-२ का २५ वर्षीय भीम राई घर नजिकै रहेको कट खोलामा घुँगी टिप्न गएकोमा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए।

मृतक राईको शव पोष्टमार्टमको लागि रंगेली अस्पताल पठाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

असार २९, २०७९ बुधबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।