अमेरिकाले भिसा नदिएपछि मालदिभ्स भागे श्रीलङ्काका राष्ट्रपति

अमेरिकाले भिसा नदिएपछि मालदिभ्स भागे श्रीलङ्काका राष्ट्रपति

एजेन्सी : श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर मालदिभ्स पुगेका छन्। उनी अमेरिका जान चाहन्थे तर भिसा पाएनन्। भिसा नपाएपछि उनी सैनिक विमानमा मालदिभ्स गए।

राजापाक्षे परिवारको सत्ता महत्त्वाकाङ्क्षा र कुशासनका कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएपछि  सर्वसाधारणले राष्ट्रपति निवास नै कब्जा गरेका थिए।

राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जा गरेपछि श्रीलङ्कामै लुकेर बसिरहेका राजापाक्षेले राजीनामाको सर्त देश छाड्न पाउनुपर्ने राखेका थिए। सो सर्त स्वीकार भएपछि उनी मङ्गलवार राती मुलुक छोडेर भागे।

राजापाक्षे भागेसँगै श्रीलङ्कामा वर्षौँदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएको छ। राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शनकारीहरू निवासमा छिरेपछि उनी भागेका थिए।

प्रदर्शनकारीहरूले निवास छाड्ने सर्त उनको राजीनामा भएको बताएपछि उनी राजीनामा दिन राजी भएका थिए। तर नयाँ सत्ता समीकरण बनेपछि आफूमाथि कारबाही हुनसक्ने देखेपछि उनले राजीनामाको सर्त देश छाड्न पाउनुपर्ने राखे। 

असार २९, २०७९ बुधबार ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।