मेयर बालेनले लेखे 'काम गर्न देऊ, डिस्टर्व नगर' अनि मेटे
काठमाडौँ : र्यापर यमबुद्धको सालिक बनाउन बजेट छुट्याएपछि विवादमा आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह निरन्तर आलोचित भइरहेका छन्।
सामाजिक सञ्जालमा आफ्नै तलबबाट सालिक बनाउने लेखेपछि थप प्रश्न आए 'जग्गा चाहिँ कसको?' त्यसयता उनी मौन नै छन्।
उनीमाथि अर्को आरोप लाग्यो चुनावमा प्रचारमा साथ दिएको 'रुटिन अफ नेपाल बन्द'लाई दिनेगरी एक करोड विनियोजन गरेको। यसको पुष्टि भने भएको छैन। सोमबार उनी सामाजिक सञ्जालकै कारण विवादमा तेर्सिए। उनले फेसबुकमा लेखे 'काम गर्न देऊ, डिस्टर्व नगर।' तर लेखेको केही समयमै सो स्टेटस डिलेट गरे।
उनी यसअगाडि नेपहपको श्रीपेच कार्यक्रमको फाइनलमा पञ्चबुद्ध रहेको मुकुट विजेतालाई लगाएको विवादमा तानिएका थिए। बज्राचार्य समुदाय विरोधमा उत्रिएपछि माफी माग्दै मुकुट फिर्ता गरे।
त्यही कार्यक्रममा जिब्रो लडबडाउँदै बोलेको उनको भिडियो क्लिप सार्वजनिक भएपछि नशामा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै उनको आलोचना भएको थियो।
असार २९, २०७९ बुधबार ०१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।