अभिनेत्री अदितिको बिकिनी प्रेम
काठमाडौँ : बाबरी गर्ल अदिति बुढाथोकीका लागि नेपाल आगमन होलिडे समान छ। उनी प्राय भारतको मुम्बईतिर रमाउँछिन्। उनका तस्बिरहरू हेर्दा उनको मनमा जति मुम्बई प्रेम गढेको छ त्यो भन्दा पनि बढी प्रेम गढेको छ बिकिनीमा।
उनको इन्स्टाग्रामका तस्बिरहरू हेर्ने हो भने उनको बिकिनी प्रेम झल्किरहन्छ। कहिले निलो हरियो बुट्टादार त कहिले मनै खाने रातो। कहिले निलो।
उनले थरी-थरी रङका बिकिनीमा सजिएका तस्बिरहरू इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी हुन्छिन्।
मंगलबार पालो पायो खैरो रङ्गले। उनले मङ्गलवार भारत जयपुरको एक होटलको स्विमिङ पुल बाहिर खिचेको बिकिनी पोजका तस्बिरहरू इन्स्टाग्राममा राखेकी छिन् जहाँ उनले यस पटक चयन गरेकी छिन् खैरो रङ्ग।
तीन पोजका तीन तस्बिरमा उनी निकै सुन्दर र छरितो देखिएकी छिन्। अदितिले अभिनय गरेको दोस्रो नेपाली फिल्म बाबरी रिलिज हुने चरणमा रहेको छ। उनी फिल्मको प्रमोसनका लागि केही समय अगाडि नेपाल आएकी थिइन्। उनी भारतमा बसेर मोडलिङमा रमाइरहेकी छिन्।
उनका बिकिनी पोजका तस्बिरहरु
असार २८, २०७९ मंगलबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।