निर्देशक बदल्दैमा फ्लप फिल्म ' पोइ पर्यो काले' को सिक्वेल हिट होला त ?
काठमाडौँ : दर्शकले रिजेक्ट गरेको फिल्म ‘पोइ पर्यो काले’ को पनि सिक्वेल बन्ने भएको छ। सौगात मल्ल, पूजा शर्मा लगायतको अभिनय रहेको फिल्मलाई दर्शकले रुचाएका थिएनन्। यसैको सिक्वेलको रूपमा अब पोइ पर्यो बुढो नाम राखेर फिल्म बनाउन यसका निर्माता किरण नेपालीले चलचित्र विकास बोर्डमा नाम समेत दर्ता गरिसकेका छन्।स
सिक्वेलमा मल्ल र शर्मा दोहोरिँदै छन्। अन्य कलाकार भने पक्का नभइसकेको निकट स्रोतले जानकारी दियो। पहिला पोइ पर्यो कालेका निर्देशक शिशिर राणाले नै पोइ पर्यो काले-२ बनाउने घोषणा गरेपछि नेपालीले आपत्ति जनाएका थिए। उनले २ वर्ष अगाडि नै यसको सिक्वेल पोइ पर्यो बुढो हुने र त्यो आफैँले बनाउने दाबी गरेका थिए।
राणाले पोइ पर्यो काले-२ बनाउन अभिनेता दिक्पाल कार्कीसँग सम्झौता गरे पनि पहिल्यै विवाद भएपछि उनले फिल्म बनाएनन्। अब त्यसैलाई नेपालीले अगाडि बढाउने तयारी गरेका छन्। उनले सिक्वेलको निर्देशकका रूपमा दीपेन्द्र लामा लिने सम्भावना देखिएको छ।
असार २८, २०७९ मंगलबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।