काठमाडौँ महानगरको पेटीमा सामान राखेर अवरोध पुर्याउनेलाई पाँच हजार जरिवाना तिराइयो
काठमाडौँ : फुटपाथमा निर्माण सामाग्री थुपारेर पैदलयात्रीलाई हिँड्न अवरोध पूर्याउनेहरुलाई काठमाडौँ महानगरपालिकाले जरिवाना तिराउन थालेको छ। सडक किनारामा निर्माण सामाग्रीसँगै ब्यवसायीक प्रयोजनमा प्रयोग गरेर अवरोध गरेको गुनासो बढेपछि महानगरले नगर प्रहरी मार्फत कारबाही गर्न थालेको हो।
केही दिन अगाडि सामाजिक सञ्जालमार्फत आएको गुनासो सम्बोधन गर्दै महानगरले सडक पेटीमा निर्माण सामाग्री राख्नेलाई पाँच हजार जरिवाना गराएको छ। महानगरका अनुसार काठमाडौँ वडा नम्बर ११ का विक्की साहलाई महानगरले पाँच हजार जरिवाना गराएको हो। साहले आफ्नो घर निर्माणका लागि चाहिने बालुवा लगायतका निर्माण सामाग्री सडक पेटीमा राखेर अवरोध गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि महानगर कारबाहीमा उत्रिएको हो।
महानगरले सडक पेटी अवरोध भएर पैदल यात्रीका लागि असुविधा भएका गुनासाहरू निरन्तर आइरहेको उल्लेख गर्दै कारबाही बाध्यता भएको बताएको छ।
असार २८, २०७९ मंगलबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।