लुम्बिनीका पाँच पत्रकार सम्मानित
बुटवल : लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका पाँच जना पत्रकारलाई सम्मान गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सृजनशील पत्रकारको रूपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो।
अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपर्यन्त) लाई जनही ५० हजार रुपैंया नगद पुरस्कार र सम्मान पत्र सहित दोसल्ला ओढाएर मुख्यमन्त्री केसीले सम्मान गरिएको हो। त्यस्तै रुपन्देहीकी सञ्जु पौडेल, कपिलवस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो।
लुम्बिनी प्रदेश सरकारले २० वर्ष काम गरेका अग्रज एक जना र सृजनशील तीन जना पत्रकारलाई पुरस्कृत गर्ने गरी पत्रकारलाई प्रत्येक वर्ष एक जना पत्रकारलाई अघिल्लो वर्षदेखि सम्मान गर्न सुरु गरेको हो।
असार २८, २०७९ मंगलबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।