मेयर बालेनलाई भेटेर कलाकारले भने'कर छुट चाहियो'
काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई भेटेर कलाकारहरुले कर छुटको माग राखेका छन्। मङ्गलवार कलाकारहरू महानगरको कार्यालयमा गएर कर छुट र फिल्मको प्रचारका लागि डिजिटल बोर्ड बढाउनुपर्ने माग राखेका हुन्।
चलचित्र सङ्घका महासचिव तथा निर्देशक अशोक शर्माको नेतृत्वमा कालाकार टोली बालेनलाई भेट्न गएका थिए। भेटमा सङ्गीतकार शम्भुजित बास्कोटा, कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, दिपाश्री निरौला, खगेन्द्र लामिछाने र निर्मल शर्मा थिए।
निश्चल र निर्मल शर्माले बालेन मेयरको उम्मेदवार हुँदादेखि नै प्रचारमै संलग्न थिए। शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेका विवरण अनुसार भेटमा स्थानीय मनोरञ्जन कर, बोर्डमा कम्पनी दर्ता गर्ने, व्यवस्थित डिजिटल बोर्डमा फिल्मको विज्ञापन राख्न पाउनुपर्ने, सहुलियत पूर्ण छायाङ्कन गर्न दिनुपर्ने र अहिलेको कलाकारको कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने विषयमा छलफल भएको थियो।
असार २८, २०७९ मंगलबार १७:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।