घरबाट भागेको भेडाले पायो प्रहरीको क्रुजर भ्यानमा चढ्ने मौका

घरबाट भागेको भेडाले पायो प्रहरीको क्रुजर भ्यानमा चढ्ने मौका

एजेन्सीः घरबाट भागेको एउटा भेडाले प्रहरीको क्रुजर भ्यानमा चढ्ने मौका पाएको छ। न्यु इङ्ग्ल्याण्डको मेइनीवासीको घरबाट भागेको पाल्तु भेडाले केही दिनअघि प्रहरीको क्रुजरमा सवारी गरेको हो।

घरबाट भागेर अर्काको बारीमा चर्न पसेको भेडालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि भेडालाई मालिकको घर फिर्ता गराउन प्रहरीले आफू चढ्ने सवारी प्रयोग गरेका थिए।

'दि वर्ल्ड टाउन' प्रहरी विभागले पाँच दिनअघि फेसबुक पोस्टमार्फत घरबाट भागेको भेडालाई नियन्त्रणमा लिई क्रुजरमार्फत सम्बन्धित व्यक्तिको जिम्मा लगाइदिएको बताएको छ।

विभागका उपप्रमुखका अनुसार हरियाली बारी देखेपछि घरबाट छोडिएका जनावरहरू भागेर चर्ने गर्छन्। ती जनावरलाई नियन्त्रणमा लिन कठिन हुन्छ।

असार २८, २०७९ मंगलबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।