बेटिङका बुँदाहरू खारेज नै गर्छौं, कानूनसँग बाझिने काम गर्दैनौं: एन्फा अध्यक्ष नेम्वाङ

बेटिङका बुँदाहरू खारेज नै गर्छौं, कानूनसँग बाझिने काम गर्दैनौं: एन्फा अध्यक्ष नेम्वाङ

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले अध्यक्ष निर्वाचित हुनासाथ आर्थिक विवादबारे श्वेतपत्र जारी गर्ने बताएका थिए। आफ्नो चार वर्षे कार्यकालमा आर्थिक प्रशासनदेखि कमी-कमजोरीका बारेमा एउटा समिति नै बनाएर सार्वजनिक गर्ने पनि बताएका थिए। उनै नेम्वाङसँग उकेराकर्मी प्रजु पन्तले उनको कार्ययोजना, अघिल्लो कार्यसमितिले विदेशी कम्पनीसँग खेलको डिजिटाइजेशनसँगै बेटिङ (जुवा) खेलाउने सम्झौता, महिला खेलाडीमाथि भएको विभेदबारे नवर्निवाचित कार्यसमितिले के गर्छ भन्नेमा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंशः

फुटबलसँग कहिलेदेखि जोडिनुभयो?
मेरो बुवा नरेन्द्रविक्रम नेम्वाङ पनि खेलाडी। काका र दाजुहरू पनि खेलाडी। एक प्रकारले भन्दा हाम्रो परिवार नै खेलाडीमय थियो। मैले पनि धेरै खेल खेलेँ।

झापा मेची नगरपालिकामा हुर्किँदा फुटबलको वरपर नै हुर्किएँ। म त्यति राम्रो खेलाडी त होइन। फुटबल व्यवस्थित हुनुपर्छ भन्ने मलाई लागिरह्यो। क्लबहरूमा जोडिएँ। एन्फामा अध्यक्ष हुनुअघि चार कार्यकाल सदस्य र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष भएँ। आज अध्यक्ष भएर फुटबल व्यवस्थित बनाउने जिम्मामा छु।

अध्यक्षको भइसकेपछि एन्फालाई व्यवस्थित बनाउन तपाईंको कार्ययोजना के-के छन्?
चार वर्षको कार्यकालमा मैले सचिवालयलाई व्यवस्थित गर्नुपर्ने छ। 'ग्रास रूट'को कार्यक्रमलाई व्यवस्थित गर्ने, तीन वटै लिगलाई सुचारु गर्ने, खेलाडीहरूको मनोबल उच्च राख्ने जस्ता काम गर्छ अब एन्फाले।

लामो समययता राष्ट्रिय लिग हुन सकेन नि?
गएको कार्यकालमा प्रयास त गर्यौं सकेनौं। किन, यसतर्फ अहिले नजाऔं। अब यसलाई निरन्तर गर्ने हो। क्लबलाई प्रोत्साहित गर्ने काठमाडौंमा चार वटा कृत्रिम मैदान बनाउने हाम्रो प्रयास रहनेछ। 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा परेर राष्ट्रिय टिमबाट निकालिएका खेलाडी फिर्ता बोलाउने निर्णय गर्नुभयो। खास किन निकालिएका थिए?
त्यो समस्या सानो थियो। म पनि कार्यसमितिमा भएको कारण जिम्मेवारी त लिनैपर्छ। तर हामीले मिलाउन सकेनौं। व्यवस्थापनले गर्नुपर्ने काम प्रशिक्षकले गर्न खोजेको देखियो। त्यो प्रशिक्षकको जिम्मा थिएन। विवाद भएपछि अध्ययन गर्ने समिति पनि बनेको थियो। सो समितिको प्रतिवेदनले पनि खेलाडी फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही अनुसार बोलाइएको हो हाम्रो पहिलो बैठकबाट।

प्रशिक्षक नै अराजक हुन् त? उहाँ फेरि नेपाल फर्कन्न भन्नुभएको छ, उहाँलाई नै ल्याउने कि के गर्ने?
उहाँलाई नै फिर्ता बोलाउने हो। महासचिवज्यूसँग कुराकानी भइरहेको छ। बिरामी पनि भएको कारण उहाँ सेप्टेम्बरसम्म बिदामा हुनुहुन्छ। उहाँ आउनुहुन्छ भन्ने मलाई लाग्छ।

त्यो बुँदाहरू त खारेज नै गर्नुपर्छ। नेपालको कानूनसँग बाँझिएको कुरा गर्दैनौं।

अनि उहाँको स्वभावको बारेमा त अघि टिप्पणी गरे नि, व्यवस्थापकको काम प्रशिक्षकले गर्न खोजेर हो भनेर। उहाँ कस्तो भनेर टिप्पणी त नगरौँ।

फुटबल सामूहिक खेल। व्यवस्थापक र प्रशिक्षक पनि समूहमै काम गर्नुपर्ने हो नि। किन समस्या आएको? हिजो व्यवस्थापकले गर्ने काम प्रशिक्षकले गर्न खोज्दा बिग्रियो भन्नुभयो अगामी दिनमा पनि सोही व्यवहार नदोहोरिएला र? 
त्यतातिर नजाऔं। हिजोका दिनमा समस्या थियो अब हुँदैन। जिम्मेवारीभन्दा अलिकति मात्रै अघि बढेर केही साथीहरूले काम गर्न खोजेको कारण आएको समस्या हो। काम गर्न नसकेको त एन्फाले नै हो।

कमी-कमजोरी हाम्रो तर्फबाट पनि भएकै हो। अबका दिनमा यो कमी-कमजोरी हुन दिदैनौं। 

खेलाडी र व्यवस्थापक विच सम्बन्धमा किन दरार सधै?
केही मिसअण्डरस्ट्याण्डिङ भएका हुन् विगतको दिनमा। अब त्यस्तो हुँदैन।

तपाईंकै शब्दमा अघिल्लो कार्यकालका अध्यक्ष र महासचिवको सक्रियतामा खेलहरू डिजिटfइज गर्दा सम्झौतामा बेटिङ उल्लेख भएको भन्नुभएको थियो। त्यो सम्झौता के हुन्छ अब?
त्यो निर्णय पनि मिडियामार्फत थाहा पायौं। अबको दिनमा हुन दिदैनौं।

त्यो सम्झौता खारेज हुन्छ कि निरन्तरता दिनुहुन्छ। निरन्तरता दिनुभयो भने त चुनावको लागि मात्रै विरोध गर्नुभएको बुझिने भयो। स्वामित्व लिने कि खारेज गर्ने?
त्यो बुँदाहरू त खारेज नै गर्नुपर्छ। नेपालको कानूनसँग बाँझिएको कुरा गर्दैनौं।

केन्द्रीय अनुसन्धान ब्यूरोले आधिकारिक पत्र प्राप्त भएपछि छानबिन गर्ने भनेको थियो। पत्र पठाउनुहुन्छ अनुसन्धानको लागि?
सम्झौता कसरी भयो बुझ्ने क्रममा छु। श्वेतपत्र जारी गर्दा समेटिएला। त्यसपछि के गर्ने/नगर्ने सार्वजनिक गर्छाैं।

श्वेतपत्र जारी गर्ने आवश्यकता किन देख्नुभयो?
निर्वाचन हुनुअघि एन्फाले के-के गर्याे हाम्रा दायित्वहरू के-के हुन् समेटेर आउन जरुरी छ। हामी आउनुअघि एन्फाको आर्थिक प्रशासनिक अवस्था के छ भनेर हामी ल्याउँछौं। बेटिङको बारेमा पनि श्वेतपत्रमा समेटिन्छ।

केही समयअघि हामीले महिला फुटबल खेलाडीसँग कुराकानी गरेका थियौँ। उनीहरूले खेल्ने मैदान उही, समय उही, मेहनत उही तर पुरस्कार राशि किन फरक भनेर प्रश्न गरेका थिए। किन फरक हो?
किन भन्ने ठ्याक्कै जवाफ त हामीसँग छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि हुने यही नै हो। त्यसकारण अघिल्लो कार्यसमितिले नै महिला र पुरुष खेलाडीलाई बराबर तलब दिने कुरा गरेको हो। बजेट पनि छुट्टै आएको हुन्छ। व्यावसायिक रूपले हेरेर पनि होला। एएफसी, फिफाबाट नै त्यसरी छुटिएर आउने हो।

खेल क्षेत्रमा पुरस्कार राशिको विभेद चाहिँ किन? 
नहुनुपर्ने हो भएको देखिन्छ।

महिला खेलाडीहरूको लिग पनि नहुने, एकेडेमी पनि रहेनछ। अभ्यास नै कम गराइँदो रहेछ किन? तपाईंको कार्यकालमा के परिर्वतन हुन्छ?
एकेडेमी रौतहटमा छ त्यो सञ्चालनमा आउँछ। लिग हाम्रो कार्यकालमा गर्ने योजना नै छ। महिलाको खेल कम भएकै हो। अब तुलानात्मक रूपमा बढाउँदै लैजान्छौं।

खेलाडी पलयान भइरहेका छन्। अब हामीले सामाजिक सुरक्षामा ध्यान दिन्छौं। के कति सक्छौं थाहा छैन।

खेलाडीहरूले पुरुष खेल काठमाडौंमा गराउने र महिला खेल मोफसलमा गराएर प्राथामिकता नदिएको भन्ने गुनासो छ। यसलाई कसरी लिनुहुन्छ?
'आउट अफ भ्याली' हुँदैमा कम महत्त्व दिएको भन्ने हुँदैन। विराटनगरमा महिला फुटबल प्रतियोगिता भएको बेला दर्शक खचाखच थिए। हामीले उपलब्ध मैदानअनुसार काम गरेका हौं। प्राथामिकता नदिएका हैनौं।

मैदान बढाउन के गर्नु हुन्छ? 
काठमाडौंमा कमी छ। तराईतिर धेरै नै छ। पहाडतिर अझ कम छ। अहिले त पालिकाहरूले बजेट छुट्याएका छन्। प्रदेश सरकारले समेत। त्यसकारण मैदानहरु बढ्छन्।

महिला-पुरुष दुवै टिम र्याङ्कमा पछाडि नै छ। र्याङ्क बढाउन के गर्नुहुन्छ?
खेलाडीको स्तर वृद्धिका लागि लिग गर्नु बाहेकको विकल्प छैन। मैत्रिपूर्ण खेलमा तीव्रता दिनुपर्ने देखिन्छ। अब हामी देखिनेगरी काम गर्छाैं।

एन्फाका व्यवस्थापकहरूको मनमुटावको भार खेलाडीले भोगिरहेका छन् भनिन्छ। किन हुन्छ यस्तो?
खेल नै बिग्रने गरी एन्फामा विवाद गर्नुहुँदैन भन्ने मेरो लाइन हो।

अन्त्यमा, खेलाडीको सामाजिक सुरक्षा छैन। अन्य क्षेत्रमा पनि जनशक्ति पलायन भइरहेका छन्। फुटबलमा खेलाडि कतिको पलायन भइरहेका छन?

खेलाडी पलयान भइरहेका छन्। अब हामीले सामाजिक सुरक्षामा ध्यान दिन्छौं। के कति सक्छौं थाहा छैन।

असार २८, २०७९ मंगलबार १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।