अभिनेत्री नितालाई भुवनको टिप्स' अनमोल जस्तै छोरा पाउनु, हिरो बनाउनु'
काठमाडौँ : अभिनेत्री निता ढुङ्गाना र ज्योतिष हरिहर अधिकारीको विवाहको रिसेप्सन पार्टीमा सहभागी हुन पुगेका भुवन केसीले टिप्स दिएका हुन् कि आफ्नो छोरोको प्रमोसन गरेका हुन् बुझ्नै कठिन।
अझ यसलाई लैङ्गिक दृष्टिले हेर्ने हो भने त झन् आपत्तिजनक। विवाह समारोह शुभ समारोह अनि भुवन केसीको स्वभाव दुवै हेरेर लैङ्गिक दृष्टिकोणभन्दा नि अनायासै बोली फुत्केको मानौँ यसलाई।
केसी आउनासाथ विवाह समारोहलाई कभर गर्न गएका युट्युवरहरुले सदाबहार नायक भन्दै आफ्नो फ्रेममा पार्न बोलाइहाले। केसी आएर मेरो भाइ अनि मेरो बहिनीलाई धेरै शुभकामना भने। युट्युवरले कन्टेन्ट पाएनन्। शुभकामना भनेको पनि के कन्टेन्ट हुनु।
अनि विवाहबारे के टिप्स छ भनेर प्रश्न सोधे। जसको २ बटा वैवाहिक यात्रा टुटेर एक्लो छन् अब उनले के टिप्स दिनु। तै पनि भुवन केसी हुन् टिप्स दिन किन छाड्थे।
उनले टिप्स दिए'अब चाँडै अनमोल केसी जस्तै छोरा जन्माउनु, हिरो बनाउनु।'
दुवै नव विवाहित जोडी हाँसे मात्र उनको टिप्स सुनेर। जितु नेपाल आइपुगेका थिए शुभकामना दिन। पछाडिबाट कसैले भुवनलाई भन्यो'मामा धेरै फुटेज नखानु।' अनि उनी 'ल हेर मैले फुटेज खाएँ रे भन्दै फ्रेमबाट आउट भए।
असार २८, २०७९ मंगलबार ०२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।