विवाहको तनाव देखेर अभिनेत्री नन्दितालाई भागेर बिहे गर्न मन लाग्यो
काठमाडौँ : बहिनीको विवाहका लागि अमेरिकाबाट नेपाल आएकी अभिनेत्री नन्दिता केसीले अर्की अभिनेत्री निता ढुङ्गानालाई शुभकामना र बधाई दिन पनि भ्याइन्। उनले बहिनीको विवाह समारोह त सक्काइसकिन्। उनी अमेरिका नफर्किएकीले निताको विवाहपछिको पार्टीमा पनि सहभागी हुन पाइन्।
बहिनीको विवाह गरिसकेकी उनी भने अहिलेसम्म अविवाहितै छिन्। निताको विवाह पार्टीमा सहभागी भएकी उनलाई सञ्चारकर्मीहरूले अब विवाह कहिले त भनेर सोध्ने नै भए। उनले त्यसको जवाफमा विवाह समारोहमा देखिएको तनावले त भागेर विवाह गर्न मन लागेको बताइन्।
उनले विवाह कहिले भन्ने प्रश्नको जवाफमा उही प्राय अविवाहितबाट आउने जवाफ सही समय र लगन कुरिरहेको भने जस्तै उनले पनि त्यस्तै जवाफ दिइन्। उनले सबै कुराको लागी समय कुर्न पर्ने रहेछ भन्दै आफू पनि त्यही समय र लगनको पर्खाइमा रहेको बताइन्।
उनी निताको पार्टीमा त अतिथि भएर पुगेकी थिइन्। तर बहिनीको विवाहमा त आफैँ पनि व्यवस्थापनमा खटिनुपर्यो नै। सायद त्यही अनुभवले होला उनले भनिन्' विवाहका समारोह साँच्चै तनावपूर्ण हुने रहेछ। साना कुरामा ध्यान दिनपर्ने। ‘यी सबै देखेर त भागेर बिहे गरौँ जस्तो लाग्यो।’
असार २७, २०७९ सोमबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।