बुटवल कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित भएको पहिलो उपमहानगर घोषणा

बुटवल कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित भएको पहिलो उपमहानगर घोषणा

बुटवल : बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ। सोमबार आयोजित कार्यक्रममा १२ वर्ष माथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

घोषण सभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोभिड १९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रशंसनीय रहेको बताएका थिए। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको दाबी गरेका थिए।

बुटवल उपमहानगरपालिकामा खोप लगाउन बाँकी रहेका पूर्ण खोपका लागि आह्वान गर्दै खोप केन्द्र मार्फत खोप उपलब्ध गराएको नगरप्रमुख पाण्डेले जानकारी दिए।

महानगरका अनुसार बुटवलमा १ लाख ९५ हजार ५६५ मध्य १२ वर्ष माथि पूर्ण खोप लगाएका १ लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको छ। ९ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको छ।

असार २७, २०७९ सोमबार २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।