महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित

पोखरा : गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट महावीर पुनलाई विभूषित गरेको छ। प्रदेशमा आविष्कारको क्षेत्रमा विषेश योगदान पुर्यािएबापत सोमबार पोखरामा आयोजित एक कार्यक्रममा पुनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी रत्नबाट सम्मान गरेका हुन्।

गण्डकी प्रदेश सरकारको कार्यकाल चार वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो। तर पुन मुलुक बाहिर रहेकाले सोमबार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेर प्रदेश प्रमुख गुरुङले सम्मान गरेका हुन्।

प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पुर्याणएको भन्दै प्रशंसा गरे।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेको कदमको सम्मान गर्दै पुनलाई गण्डकी रत्न प्रदान गरिएको बताए। उनले राष्ट्रिय अनुसन्धान केन्द्रको सहकार्यमा अनुसन्धानका लागि आगामी वर्षमा गण्डकी सरकारले १० करोड विनियोजन गरेको जानकारी गराएका थिए। 

प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ अनुसार पुनलाई प्रदेश प्रमुख गुरुङले पदक (तक्मा), सम्मानपत्र र दोसल्लाले विभूषित गरेका छन्। 

प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधिलगायत क्षेत्रमा योगदान पुर्या,एकामध्ये तीन जनालाई सम्मान गरिने कार्य विधिमा बनाएको भए पनि यस पटक विज्ञान, प्रविधि र आविष्कार क्षेत्रका पुनलाई सम्मान गरिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

असार २७, २०७९ सोमबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।