अमेरिकामा चार पुरुष र एक महिलामाथि गोली प्रहार, तीन जनाको मृत्यु, दुई घाइते

अमेरिकामा चार पुरुष र एक महिलामाथि गोली प्रहार, तीन जनाको मृत्यु, दुई घाइते

एजेन्सीः अमेरिकामा गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ। अरू दुई जना घाइते भएका छन्।

क्यालिफोर्नियामा आइतबार बिहान भएको घटनामा तीन जना गोली प्रहारबाट मारिएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्थानीय समयअनुसार राति १२:४५ मा घटना भएको हो। आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेका थिए। तीमध्ये तीन पुरुषको मृत्यु भएको हो भने अन्य घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार गराइएको छ।

अमेरिकामा पछिल्लो समय गोली प्रहारका घटना बढेको छ। गोली प्रहारका घटना बढ्न थालेपछि बन्दुक सम्बन्धी विद्यमान कानून संशोधन गर्नुपर्ने आवाज उठिरहेको छ।

असार २७, २०७९ सोमबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।