रिहानाले निकटका साथीलाई पनि देखाइनन् आफ्नो पहिलो सन्तान

रिहानाले निकटका साथीलाई पनि देखाइनन् आफ्नो पहिलो सन्तान

एजेन्सी : ३४ वर्षिया गायिका रिहाना आमा बनिसकेकी छिन्। उनले मे १३ मा बच्चा जन्माए पनि उनले अहिलेसम्म आफ्नो पहिलो सन्तानको तस्बिर सार्वजनिक गरेकी छैनन्। यति मात्रै हैन उनको छोरासँग भेट्न चाहनेहरूले पनि सहजै भेट्न पाइरहेका छैनन्।

उनी पहिलो सन्तानबारे निकै प्रोटेक्टिभ देखिएकी छिन्। उनलाई भेट्न जानेहरूले सहजै भेट्न पाइरहेका छन्। तर उनको पहिलो सन्तानलाई त्यति सहजै हेर्न पाएका छैनन्।

बच्चा अहिले निकै नै सानो रहेको भन्दै उनी आफूलाई भेट्न आउनेहरूलाई समेत बच्चा देखाइरहेकी छैनन्। उनको परिवारका सदस्य र एकदमै क्लोज ग्रुपका साथीहरूले मात्र अहिलेसम्म रिहानाको पहिलो सन्तान हेर्न पाएका छन्। तर जसले हेरे उनीहरूलाई पनि तस्बिर लिन भने उनले अनुमति दिएकी छैनन्।

उनी सामाजिक सञ्जालहरूमा आफ्नो व्यक्ति आनीबानी र दैनिकीबारे तस्बिरहरू सेयर गर्न त्यति धेरै रुचाउँदिनन् पनि। त्यसैले उनी आफैँले तत्काल पहिलो सन्ताको तस्बिर सार्वजनिक गर्ने सम्भावना पनि देखिएको छैन।

उनी आफैँले बच्चा स्याहारी रहेकी छिन्। घरको अन्य कामका लागि सहयोगी नभएका हैनन्। तर उनले सहयोगीलाई बच्चाको कुनै काम लगाएकी छैनन्। उनी परफेक्ट आमाको रूपमा बच्चाको स्याहारका लागि सबै काम आफैँले गरिरहेकी छिन्।

बच्चालाई खुवाउने समय, डाइपर बदल्ने समय लगायतका सबै काम उनी आफैँ गर्छिन्। त्यसका लागि उनले निश्चित समय तालिका समेत बनाएकी छिन्।

असार २६, २०७९ आइतबार २०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।