कोरोना संक्रमण बढ्न थालेपछि इरान प्रवेशमा कडाइ

कोरोना संक्रमण बढ्न थालेपछि इरान प्रवेशमा कडाइ

तेहरान : कोभिड संक्रमण दरमा पुनः वृद्धि हुन थालेको भन्दै इरानले आफ्नो सीमाना र हवाई नाकालाई कडा पार्ने घोषणा गरेको छ।

सङ्क्रमणमा हालै भएको वृद्धिलाई शनिबार उद्धृत गर्दै इरानी राष्ट्रपति इब्राहिम रायसीले यात्रुहरूले कोभिड परीक्षण र ईरानी स्वास्थ्य नियमहरूको पूर्ण पालना गर्दा मात्र इरानमा प्रवेश प्राप्त गर्न सक्ने बताए।

इरानी विशेषज्ञहरूले ओमिक्रोनका दुई द्रूत गतिमा फैलिएका उप–प्रजातिहरू आगामी हप्ताहरूमा इरानमा समस्याको रूपमा आउन सक्ने बताएका छन्। 

इरानी राष्ट्रपतिको वेबसाइटमा बताइएअनुसार कोभिड–१९ महामारीविरूद्धको राष्ट्रिय समितिको बैठकमा गरेको आफ्नो सम्बोधनमा रायसीले इरानलाई सबै भूमि, वायु र समुद्री प्रवेश नाकाहरूमा स्वास्थ्य नियम र निर्देशनहरू अझ कडा सँग पालन गर्न गराउन निर्देशन दिएका हुन्।

उनले कोभिड–१९ खोपको अतिरिक्त मात्रा लिनुपर्ने आवश्यकताबारे बोल्दै सबै नागरिकलाई यसका लागि सचेतना फैलाउने कार्यक्रम लिएर जान समितिलाई निर्देशन गरेका छन्।

असार २६, २०७९ आइतबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।