गीत चोरी प्रकरणबारे इन्दिराको दाबी : स्टाइल एउटै हो तर नोट बाजा फरक छ

गीत चोरी प्रकरणबारे इन्दिराको दाबी : स्टाइल एउटै हो तर नोट बाजा फरक छ

काठमाडौँ : अमेरिकी गायकको गीतको सङ्गीत र लय कपी गरेकी गायिका इन्दिरा जोशीले यस्तो आरोप लगाउनेहरूले नै नबुझेको दाबी गरेकी छिन्।

दुई साता अगाडि सार्वजनिक गरेको उनको ‘पछ्यौरी’ बोलको गीत सन् २०१३ मा सार्वजनिक भएको अमेरिकी गायक जेसन डेरुलोको ‘टक डर्टी’ गीतसँग हुबहु मिल्छ।

तर उनले जसले आफूलाई यस्तो आरोप लगाए उनीहरूले नबुझेको दाबी गरिन्। मेरो फिल्मसँग कुरा गर्दै उनले यसमा प्रयोग गरिएको टोन विश्वव्यापी रूपमा स्टाइल बनेको र १०–१२ वर्ष अगाडि नै यो टोन अङ्ग्रेजी गीतहरूमा प्रयोग गरिएको' तर्क गरेकी छिन्।

इन्दिरा जोशीले 'टक डर्टी टु मि' लाई चोरेर बनाइन् ' पछ्यौरी'

उनले गीतको टेक्चर मिल्न गएको, जेसनको गीतमा ट्रम्प पेट प्रयोग गरिएको तर आफ्नो गीतमा सेक्सोफोन प्रयोग गरिएको तर्क गरेकी छिन्।

'नोट, बाजा नै फरक छ,' उनले भनेकी छिन्'तर, स्टाइल भने एउटै हो।’

असार २५, २०७९ शनिबार २३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।