प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि गण्डकी सभा बैठक स्थगित
पोखरा : गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट माथि छलफल गर्नका लागि बसेको बैठकमा बजेट त्रुटिपूर्ण रहेको भन्दै अवरोध गरेकाले बैठक स्थगित भएको हो।
प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा कानन विपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद् अवरुद्ध गरेको हो।
अर्थ मन्त्रीले बजेटका लागि आवश्यक अंगहरु पुरा नगरी बजेट ल्याएकाले अवरोध गरिएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए।
उनका अनुसार प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा कानन विपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद् अवरुद्ध गरेको हो।
अर्थमन्त्री रामजी बरालले आगामी आर्थिक वर्षमा कानुन विपरीत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तोकेको आन्तरिक ऋणको सीमा उलंघन गरेको एमालेको आरोप छ। कानुत आन्तरिक आयोगको नियमअनुसार राजश्व बाँडफाँड र आन्तरिक राजश्वबाट प्राप्त हुने रकमको १२ प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था छ। तर,गण्डकी प्रदेशले तोकिएको भन्दा २८ करोड बढी ऋण लिने उल्लेख गरेपछि एमालेले संसद्मा यसको जवाफ माग गरेको हो।
अर्थमन्त्री बरालले बजेट व्यवस्थापनका लागि ९ अर्ब २३ करोड रुपैयाँ प्रदेश सरकारबाट संघ सरकारबाट र ५ अर्ब ९ करोड प्रदेशबाट राजश्व उठाउने बताएका थिए । त्यस्तै, बजेटमा बरालले २ अर्ब (१ अर्ब आन्तरिक र १ अर्ब नेपाल सरकारबाट) ऋण लिने उल्लेख गरेका थिए। तर, आयोगको नियमअनुसार राजश्व बाँडफाँड र आन्तरिक राजश्वबाट प्राप्त हुने रकमको १२ प्रतिशतसम्म मात्रै ऋण लिन पाइन्छ। तर, गण्डकी प्रदेशले तोकिएको भन्दा २८ करोड ऋण लिने उल्लेख गरेपछि आयोगको पत्रानुसार प्रतिपक्षी दल एमालेले संसद्मा जवाफ मागेको हो।
त्यस्तै, संसद्मा एमालेले मध्यकालीन खर्च संरचना पुस्तिका नल्याएकोबारे पनि प्रश्न उठाएको छ। एमालेको अबरुद्ध पनि दलबीच छलफल चले पनि सहमतिमा पुग्न नसक्दा बैठकको वारमा टुङ्गो लागेको छैन।
असार २४, २०७९ शुक्रबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।