गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

काठमाडौँ : गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको थियो। भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको ढाडमा लागेको थियो।

गोली लागेपछि उनी भुइँमा ढलेका थिए। उनको शरीर रक्ताम्मे देखिएको थियो।

उनी सरकार सञ्चालन गरिरहेको लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता हुन्। सन् २०२० मा उनले प्रधानमन्त्री पद छाडेका थिए।

असार २४, २०७९ शुक्रबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।