अभिनेत्री निता अब ज्योतिष हरिहरकी जीवनसाथी भइन्
काठमाडौँ : चर्चित ज्योतिष तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले विवाह गरेका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले शुक्रवार काठमाडौँको एक होटेलमा विवाह गरेका हुन्। विवाह समारोहमा दुवैको परिवार र आफन्तसँगै सीमित सेलिब्रिटीहरुलाई निम्ता गरिएको थियो।
दुई दिन अगाडि दुवैले हल्दी र मेहन्दी कार्यक्रम गरेका थिए। निताको मेहन्दी कार्यक्रममा अभिनेत्री रेखा थापा लगायतकाहरु सहभागी थिए। उता हरिहरको हल्दी कार्यक्रममा उनको आफन्तले शरीरमा बेसार लगाइदिँदाको उनको हाँसोको क्लिप टिकटकमा भाइरल भएको थियो।
ज्योतिष सम्बन्धी टेलिभिजन कार्यक्रम चलाएर चर्चित भएका हरिहर त्यसपछि फिल्म क्षेत्रमा आएका थिए। तर उनले अभिनय गरेको पहिलो फिल्म फ्लप भयो। फिल्मी समारोहहरूमा भेटघाट हुँदाहुँदै दुवै निकट भएका थिए। उनीहरूबिच चार वर्षदेखि निकट सम्बन्ध रहेको बताइन्छ।
दुबैलाई वैवाहिक जीवनको सफलताको शुभकामना
असार २४, २०७९ शुक्रबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।