जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको शंका

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको शंका

काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको शंका गरिएको छ। जापानका पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको शंका गरिएको स्थानीय मिडियालाई उद्धृत गर्दै जापानी मिडियाले लेखेका छन्।

नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको शंका गरिएको थियो। आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानका दौरान उनी भाषण गरिरहेका थिए।

आबेलाई उपचारका लागि अस्पताल लगिएको छ।

स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको  हुनसक्छ। गोली प्रहारमा संलग्न रहेको शंकामा एक जनालाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै जापानी समाचारपत्रहरुले जनाएका छन्।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री थिए।

असार २४, २०७९ शुक्रबार ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।