एक विवाद जसकारण बेलायतका मन्त्रीले छाडे प्रधानमन्त्रीको साथ

एक विवाद जसकारण बेलायतका मन्त्रीले छाडे प्रधानमन्त्रीको साथ

एजेन्सी : बेलायतमा मंगलबार एकाएक प्रधानमन्त्री बोरिस जन्सनको सरकारमा भूकम्प गयो जब आधा घण्टाको फरकमा सरकारमा रहेका २ वरिष्ठ मन्त्रीले प्रधानमन्त्रीमाथि गम्भीर आरोपसहित राजीनामा दिए।

उनीहरूले सरकार सञ्चालन गर् नसक्ने जनसन्को क्षमतामाथि प्रश्न उठाउँदै राजीनामा दिएका थिए। राजीनामाको कारण प्रधानमन्त्री जनसन निकट एक सांसदको यौनकान्ड रहेको दाबी गरिएको छ।

अर्थमन्त्री ऋषी सुनकले राजिनामादिँदै बेलायतका नागरिक सरकार एक योग्य सही व्यक्तिले सञ्चालन गरोस् भन्ने चाहना राख्ने बताएका थिए।

अनि स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिएका साजिद जाविदले सरकारले देशको हितमा काम नगरेको आरोप लगाए। यी द्बैको राजीनामा पनि बेलायतमा वर्तमान सरकार ढल्ने अनुमान सुरु भएको छ। प्रतिपक्षीले समेत प्रधानमन्त्रीको राजीनामा माग्न थालेका छन्।

लेबर पार्टीका नेता किर स्टार्मरले अब कर्जरभेटिभ सरकार ढल्ने दाबी गरे। लिबरल डेमोक्रेटिक पार्टीका नेता एड डेबीले बोरिसको कार्यकाल एक अराजक सरकारको रूपमा रहेको जसले देशको हितमा कुनै काम गर्न नसकेको बताए।

३० जुनमा द सनले सत्ताधारी दलका एक सांसद क्रिस पिचरले एक प्राइवे क्लबमा २ जना युवालाई आपत्तिजनक रूपमा छोएको रिपोर्ट प्रकाशित गरेको थियो। बोरिले उनलाई पार्टीको डेपुटी चिफ ह्विप नियुक्त गरेका थिए। यो रिपोर्ट सार्वजनिक भएपछि उनले राजीनामा दिए।

त्यसपछि उनीबाट यौन दुर्व्यवहारमा परेका थप ६ घटना सार्वजनिक भयो। उनलाई पार्टीबाट निलम्बनै गरियो। उनले माफी माग्दै आफूमाथि लागेको आरोपको छानबिनमा सहयोग गर्ने बताए।

जनसनलाई यी घटनाबारे जानकारी रहेको खुलेपछि उनकै पार्टीका सांसद र मन्त्रीहरू उनीसँग क्रुद्ध भएका छन् र एकपछि अर्कोले राजीनामा दिन थालेका छन्। पछि उनले बिबिसीसँग उनीबारे एक गुनासो आएको तर त्यो निकै पुरानो घटना भएको बताएका थिए।

उनले त्यसमा कुनै बहाना नगरी उनीमाथि कारबाही हुनुपर्ने थियो भनेर आफ्नो गल्ती स्वीकार गरेका थिए। उनले पिचरको नियुक्तिलाई गलत भएको समेत स्वीकार गरेका थिए। उनले पीडित र उनको परिवारसँग माफी मागे पनि त्यसले उनको सरकारमाथि बढेको सङ्कट कम गर्ने भने देखिएन।

असार २२, २०७९ बुधबार २३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।