जेलेन्स्की र जोनसनबीच वार्ता: युक्रेनलाई आवश्यक सहयोग गर्ने विषयमा कुराकानी

जेलेन्स्की र जोनसनबीच वार्ता: युक्रेनलाई आवश्यक सहयोग गर्ने विषयमा कुराकानी

एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ। जेलेन्स्कीका अनुसार उनीहरूबीच युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धका विषयमा कुराकानी भएको छ।

मङ्गलबार ट्वीट गर्दै जेलेन्स्कीले आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको बताए।

यस्तै बेलायत सरकारले हालै मात्र युक्रेनलाई १.२ अर्ब अमेरिकी डलर बराबरको सुरक्षा सहयोगका लागि धन्यवाद दिएको पनि उनले बताए।

वार्तामा उनीहरूबीचमा विश्वमा देखा परिरहेको खाद्यान्नको अभाव र युक्रेनका लागि आवश्यक सहयोगका विषयमा पनि कुराकानी भएको थियो।

साथै आगामी वर्ष बेलायतले युक्रेनको पुनर्निर्माणसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न लागेको बताइएको छ। त्यसका लागि पनि आफूले बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

असार २२, २०७९ बुधबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।