लाहुरेको र्यापमा यम बुद्धको सम्झना
काठमाडौँ : आशिष राना मगर उर्फ लाहुरेको नयाँ गीत सार्वजनिक भएको छ। यो गीत लागुऔषध दुर्व्यसनीबाट मुक्त भएपश्चात् पहिलो पटक आएको गीत हो। बिरामी बोलको गीतमा उनले लागुऔषध दुर्व्यसनीमा परेपछिका आफ्नै कथाहरू प्रस्तुत गरेका छन्। नेपालमा र्यापलाई चर्चामा ल्याएका यम बुद्ध सपनामा आएको कुरा गीतमा लेखिएको छ।
निकै मार्मिक शब्दहरू र्याप गीतमा प्रयोग गरिएका छन्। भिडियो पनि उस्तै मार्मिक छ। उनले गीतमार्फत लागुऔषध दुब्र्यसनीले के कस्ता हानी निम्त्याउन सक्लान् भन्ने विषय प्रस्तुत गरेका छन्।
लागुऔषध दुर्व्यसनी अपराध हैन, बिरामी हो। त्यसैले मैले बिरामी बोलको र्याप ल्याएँ। लाहुरेले एक टेलिभिजन अन्तरवार्तामा भनेका छन्। यो मानिसक समस्या हो, खान पाएन भने मर्दिउँ कि जस्तो सोचाई आउँछ।
डोकोमिन हर्मोन प्राकृतिक रूपमा उत्पादन हुन्छ, त्यसले मानिसलाई खुसी दिन्छ। त्यही खुसी लागुऔषधले दिन्छ र प्रयोग गर्न नपाउने बित्तिकै त्यो मानिस दुखी हुनुका साथै मर्न खोज्छ। लाहुरेले भने।
यो रोग समाजमा भन्न समेत नसकिने भएकाले झनै गाह्रो हुने उनको भनाई छ। भने, एउटा समय आउँछ, हामी मनोरञ्जनका लागि लागुऔषध लिँदैनौँ, सामान्य बन्नका लागि लिन्छौँ। त्यो समयमा लागुऔषध लिनुअघि हरेक दिन छाड्न पाएपनि हुने भन्ने सोचाई आउने तर नसकिने उनले बताए।
यदि लागुऔषध नलिए बान्ता हुने, शरिर निकै कमजोर हुने, पखाला चल्ने लगायतका शारीरिक समस्यासँगै मानसिक रूपमा कमजोर हुने उनले बताए। भने, त्यो क्षण एकदमै डरलाग्दो हुन्छ, शरीरबाट इमोसन सबै हराउने हराउँछ।
कुनै समयमा निकोटिन हुन्छ भनेर भुटेको भात समेत नखाने लाहुरेले बिरामी गीत २०१९ तिर लेखेको बताएका छन्। तर अब भने उनी आफू लागुऔषधबाट मुक्त भएको बताउँछन्।
रोडिज नामको रियालिटी सोमा ग्याङ लिडरको भूमिका निभाइरहेका उनी पोखरा अडिसनमा ६ महिनाअघि लागुऔषध सहित पक्राउ परेका थिए। उनको साथमा लागुऔषध नभेटिएपछि परिवारको जिम्मा लगाउँदै उनलाई सुधारगृह राखिएको थियो।
असार २१, २०७९ मंगलबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।