खियाले खायो आइफिल टावर

खियाले खायो आइफिल टावर

एजेन्सीः विश्व चर्चित आइफिल टावर सन् १८८९ मा निर्माण हुँदा यसको आयु २० वर्ष रहने अपेक्षा गरिएको थियो। तर, एक सय तेत्तीस वर्षपछि पनि टावर अझै छ। यसको डिजाइनभन्दा पनि निरन्तरको मर्मतसम्भारका कारण टावर अझै रहेको बताइन्छ।

यद्यपि, हालसालै फ्रान्सेली पत्रिका मारियानमा सार्वजनिक गोप्य रिपोर्टहरूका अनुसार भने टावर कमजोर भएको छ भने खियाले खाएको छ।

टावरलाई पूर्णरूपमा मर्मत गर्नुपर्ने रिपोर्टमा दावी गरिएको छ। तर २०२४ मा पेरिसमा हुन लागेको ओलम्पिक खेलहरूको लागि यसको बाहिरी आवरणमा मात्र ध्यान दिइएको छ।

'यदि गुस्ताभ आइफिल (टावर निर्माता कम्पनीका सञ्चालक) ले यो ठाउँ पुनः भ्रमण गरे भने उनलाई हृदयघात हुनसक्छ', नाम उल्लेख नगरी टावरका एक प्रबन्धकले भने। 

३२४ मिटर अग्लो र सात हजार ३०० टन फलामले बनेको टावर १८८९ को विश्व मेलाको लागि निर्माण गरिएको थियो। यसमा अनुमानित २.५ मिटर रिभेटहरू र पोडल फलाम प्रयोग गरिएको थियो। बेलायतमा औद्योगिक क्रान्तिको क्रममा पिग आइरनबाट कार्बन निकालेर उच्च–स्तरीय र शुद्ध फलाम उत्पादन गर्ने प्रक्रियामार्फत टावरको निर्माण गरिएको थियो।

टावरको डिजाइन र निर्माण गरेको सिभिल इन्जिनियरले खियाको पहिचान र फैलावट रोक्न र निर्माणको दीर्घायुका लागि सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै हरेक सात वर्षमा पेन्टिङ गर्नुपर्ने सुझाव दिएका थिए। 'फलामको संरचना जोगाउनको लागि रंग आवश्यक तत्व हो र यो मात्र यसको दीर्घायुको सुनिश्चितता हो', इन्जिनियरले भनेका थिए।

अब टावर २०औं पटक रङ्गीन लागेको छ। २०२४ ओलम्पिकको तयारीमा ६० मिलियन युरोमा टवर रङ्ग्याइने बताइएको छ। टावरको एक तिहाइ भाग निकाल्नु पर्ने भए पनि त्यसमा दुई वटा नयाँ पत्रहरू लगाइएको थियो। कोभिडका कारण भएको काममा ढिलाइ र पुरानो रङ्गमा लिडको चिन्ताजनक स्तरको उपस्थितिले ५% मात्रै यसको समाधान हुनेछ।

यस टावरमा वर्षमा लगभग ६० लाख पर्यटकहरू आउने गर्छन्। फ्रान्समा डिज्निल्याण्ड, लुभ्रे र भर्साइलको दरबारपछि आइफिल टावर चौथो सबैभन्दा धेरै भ्रमण गरिने पर्यटकीय क्षेत्र हो। २०२० मा कोभिडको कारण बन्द भएपछि यसबाट ५२ मिलियन युरो बराबरको घाटा भएको थियो।

-गार्जियनबाट साभार र भावानुवाद गरिएको

असार २१, २०७९ मंगलबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।