डुंगा डुब्दा १५ माझी बेपत्ता

डुंगा डुब्दा १५ माझी बेपत्ता
साङ्केतिक तस्बिर

एजेन्सीः इण्डोनेसियाको आरफुरा समुन्द्रमा डुंगा डुब्दा कम्तीमा पनि १५ जना माझी बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको इण्डोनेसियाका अधिकारीहरूले जानकारी दिएका छन्।

उनीहरू शनिबारदेखि नै बेपत्ता छन्। खराब मौसम तथा हावाहुरीका कारण आरफुरा समुन्द्रमा डुंगा पल्टिएको थियो। डुंगा दुर्घटनापछि यसका रहेका माझीमध्ये कम्तीमा पनि १५ जना हालसम्म पनि बेपत्ता रहेका छन्।

उनीहरूलाई आइतबार र सोमबार खोज्दा पनि भेटिएका छैनन्। डुंगामा कम्तीमा पनि २५ जना सवार रहेको बताइएको छ।

१० जनाको शनिबार नै सकुशल उद्धार गरिएको थियो। बेपत्ताहरू जीवितै भेटिने सम्भावना कम रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

असार २१, २०७९ मंगलबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।