अनौठो स्वास्थ्य समस्या: जब पुरुषको लिङ्गबाट सिट्ठी बज्यो...

अनौठो स्वास्थ्य समस्या: जब पुरुषको लिङ्गबाट सिट्ठी बज्यो...

एजेन्सीः अमेरिकामा एक पुरुषले असामान्य स्वास्थ्य अवस्था भोग्नुपरेको छ। ती पुरुषको लिङ्गबाट एक्कासि सिट्ठी बजेको छ।

लिङ्गबाटै सिट्ठी बजेपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती पुरुषको उपचारमा संलग्न चिकित्कसकले यसलाई निकै दुर्लभ केस मानेका छन्।

फोक्सो फुटेर शरीरका अन्य भागमा सञ्चालन हुुनुलाई न्युमोस्क्रोटम नाम दिइन्छ। ती पुरुष सोही रोगको सिकार भएका हुन्। ७२ वर्षीय उनको फोक्सो फुटेपछि फोक्सोमा जम्मा भएको हावा शरिरका अन्य भाग हुदै अण्डकोषमा जम्मा भएको थियो।

अण्डकोषमा जम्मा भएको हावा अन्य भागबाट निकास हुन नसकेपछि उनको लिङ्गबाट निकास भएको थियो।

मेट्रो डट युकेमा प्रकाशित समाचारअनुसार सुरुमा आफ्नो अवस्थादेखि चकित परेका उनले उपचारको लागि कसैलाई पनि खबर गरेका थिएनन्। तर निरन्तर लिङ्ग बज्न थालेपछि उनी अस्पताल पुगे। अस्पतालमा उनलाई आकस्मिक कक्षमा भर्ना गरी तीन दिनसम्म उपचार गरिएको थियो।

उपचारमा संलग्न चिकित्सकले उनको शरीरको अन्य भागबाट अण्डकोषमा जम्मा भएको हावा निकालेका थिए। उपचारमा संलग्न चिकित्सकका अनुसार यस्तो केस पहिलो पटक देखापरेको हो।

अण्डकोष र शरीरका अन्य भागबाट बाहिरिने अतिरिक्त हावा निकास हुन नपाउँदा उनको फोक्सो फुटेको थियो। पेटमा जम्मा भएको हावा अण्डकोषमा घाउ भएका कारण सोही माध्यमबाट लिङ्गसम्म पुगेको र लिङ्गबाट हावा निष्काशन हुँदा सिट्ठीजस्तो आवाज निस्किएको हो।

असार २०, २०७९ सोमबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।