मधेश प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने
धनुषाः मधेश प्रदेश सभाको बैठक आज बस्दैछ। मधेश प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ।
प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।
यही असार १ गते प्रदेश सभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए।
त्यसपछि प्रदेश सभा सचिवालयले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरेको थियो।
असार २०, २०७९ सोमबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।