वान नाइट स्ट्यान्डको सम्बन्धमा गर्भवती भएकी थिइन् अभिनेत्री कुब्रा, गरिन् गर्भपतन
एजेन्सी : सलमान खानसँग फिल्म रेडीमा अभिनय गरेकी अभिनेत्री कुब्रा सैतले हालसालै आफ्नो आत्मकथा ओपन बुक नट क्वाइट अ मिरर सार्वजनिक गरिन्। उनको यो पहिलो किताब हो। उनले किताबमा आफ्नो निजी जीवनबारे लेखेका प्रसङ्गले उनी अहिले चर्चामा छिन्।
उनले पुस्तकमा बाल्यकालमा भएको यौन शोषणदेखि लिएर वान नाइट स्ट्याण्डकोक्रममा आफू गर्भवती भएको प्रसङ्ग समेत उल्लेख गरेकी छिन्।उनले किताबमा लेखे अनुसार उनी सन् २०१३ मा अडमानमा छुट्टी मनाउन गएकी थिइन्। एक रात उनी स्कुबा ड्राइभिङका लागि गइन्।
त्यहाँ उनले केही मदिरा पिइन्। त्यसपछि उनी आफ्नो एक जना साथीसँग निकै नजिक भइन्। दुबैबिच शारीरिक सम्बन्ध भयो। केही समयपछि उनको पिरियड रोकियो। उनले प्रेगनेन्सी परीक्षण गर्दा पोजेटिभ आयो।
त्यसको एक हप्तापछि उनले अबोर्सन गरिन्। उनले त्यो समयमा आफू मानसिक रूपमा आमा बन्न तयार नरहेको लेखेकी छिन्। टाइम्स डिजिटलसँगको अन्तर्वार्तामा उनले आफूले अबोर्सन गराएकोमा पछुतो नभएको बताएकी थिइन्। उनले पुस्तक लेख्दा आफुलाई केही विषय लुकाउन मन नलागेकाले सो प्रशंग समेत लेखेको उल्लेख गरेकी छिन्। 'म मेरो जीवनमा केही कुरा लुकाउन चाहन्न। त्यही भएर त्यो प्रशंग पनि लुकाइन,' उनले भनेकी छिन्।
असार १९, २०७९ आइतबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।