अन्तर्घातको छानबिन गर्न एमालेले उपाध्यक्षको नेतृत्वमा समिति बनायो

अन्तर्घातको छानबिन गर्न एमालेले उपाध्यक्षको नेतृत्वमा समिति बनायो

काठमाडौँ : एमालेको  सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा पार्टीभित्रबाट भएका अन्तर्घातको छानबिन र कारबाहीका लागि छानबिन समिति गठन गरेको छ।

आइतबार बसेको बैठकले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो। बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए।

‘अनुशासनहीनता, अराजकता र अन्तर्घातका घटनाहरू भए। त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ,’ उनले भने।

उनले निर्वाचनमा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको जनकारी दिए।

उनका अनुसार बैठकले असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने निर्णय समेत गरेको छ। जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर हेडक्वार्टर पठाउन भनिएको उनले जानकारी दिए।

असार १९, २०७९ आइतबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।