माओवादीले टुङ्ग्यायो केन्द्रीय सदस्य

माओवादीले टुङ्ग्यायो केन्द्रीय सदस्य

काठमाडौँ : माओवादी केन्द्रको ३ सय ७३ केन्द्रीय सदस्यको नाम टुङ्गिएको छ। आइतबार सुरु भएको बैठकमा ३ सय ७३ जना सहभागीको नाम राखिएको थियो।

स्थानीय तह निर्वाचनपछि बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन पेस गर्दै स्थानीय तहको निर्वाचनको परिणाम, गठबन्धन दलहरूबिचको सम्बन्ध, पार्टीभित्रका कमजोरी र आगामी प्रदेश र सङ्घको रणनीतिबारे आफ्ना धारणा राखेका थिए।

सो प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यहरूलाई आइतबारै वितरण भइसकेको छ। सोमबारबाट प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ। बैठक मङ्गलवारसम्म चल्नेछ।

असार १९, २०७९ आइतबार २०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।