चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

एजेन्सीः चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्। सिन्ह्वाका अनुसार क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ।

प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले सो घटनाबारे पुष्टि गरेको छ।

बेपत्ताहरूको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर, उद्धार जहाज र व्यापारिक जहाजहरू समेत परिचालन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार राति १२ बजेतिर तीन जनाको उद्धार गरिएको थियो भने २७ जना पानीमा डुबेर बेपत्ता छन्। विज्ञप्तिअनुसार खोजी तथा उद्धार कार्य जारी रहेको छ। केही चालक दलले जहाजलाई त्यागेका थिए।

आँधी अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा हावा चलेको बताइएको छ।

दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाज दुई दर्जनभन्दा बढी चालक दलका सदस्यको डुबानमा पारेको हुनसक्ने देखिएको छ।

असार १९, २०७९ आइतबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।