बहादुर दाई जसले बहिनीलाई सार्क मुखबाट थुतेर बचाए

बहादुर दाई जसले बहिनीलाई सार्क मुखबाट थुतेर बचाए

एजेन्सी : फ्लोरिडाको समुन्द्रमा पौडी खेलिरहेकी एक किशोरीलाई सार्कले आक्रमण गरेर गम्भीर घाइते बनायो। समुन्द्रमा पौडि खेलिरहेकी आडिसनलाई सार्कले आक्रमण गरेको थियो।

उनको बुबा सेन वेथेयाले फेसबुकमा लेखे अनुसार समुन्द्रमा पाँच फिट तल पौडी खेलिरहेको बेलामा ९ फिट लामो सार्कले उनलाई आक्रमण गरेको थियो।

सार्कले किशोरीको दायाँ थाइमा टोकेको थियो। पटक पटक आक्रमण गरेपछि किशोरीले ज्यान जोगाउन सार्कलाई मुक्का प्रहार गरेकी थिइन्।

तर सार्क भागेन। धन्न समुन्द्र किनारमा उनको दाई पनि थिए। उनको दाइले बहिनीलाई सार्कले आक्रमण गरेको जानकारी पाएपछि समुन्द्रमा गएर सार्कसँग लड्दै बहिनीलाई बचाए।

उनले किशोरीलाई सानो डुङ्गामा राखेर उद्धार गरेर एयर लिफ्टमार्फत ८० माइल पर रहेको अस्पतालमा पूर्याएका थिए अस्पतालमा उनको खुट्टाको आकस्मिक सर्जरी गरिएको थियो। सार्कको आक्रमणबाट किशोरीको रक्त नलीहरुमा गम्भीर क्षति पुगेको थियो।

चिकित्सकको निगरानीमा रहेकी किशोरीले अहिले चिकित्सकलाई मेसेज टेक्स्ट गर्दै आफूले कसरी सार्कलाई पञ्च हाने भनेर रमाइलो मान्दै खुलाउने गरेकी छिन्।

असार १८, २०७९ शनिबार १९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।