३० सेकेण्डमै हरेक अमेरिकी राष्ट्रपतिको नाम कण्ठ, 'मेमोरी मास्टर' बनिन् यी किशोरी

३० सेकेण्डमै हरेक अमेरिकी राष्ट्रपतिको नाम कण्ठ, 'मेमोरी मास्टर' बनिन् यी किशोरी

एजेन्सीः अष्ट्रेलियाकी एक किशोरीले ३० सेकेण्डमै अमेरिकाका राष्ट्रपतिहरूको तस्बिर पहिचान गरेकी छिन्। १६ वर्षीया किशोरी लारा नुनानले विभिन्न ४५ अमेरिकी राष्ट्रपतिहरूको तस्बिर ३० सेकेण्डमै तस्बिर पहिचान गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नयाँ कीर्तिमानी बनाएकी हुन्।

हाल उनी मेमोरी मास्टर भनेर चिनिएकी छिन्। यसअघि अनय सिंहले बनाएको रेकर्ड उनले तोडेकी छिन्। सिंहले सन् २०२१ मा २८ सेकेण्डमा ४० अमेरिकी राष्ट्रपतिको तस्बिर पहिचान गरेर गिनिज बुकमा आफ्नो नाम दर्ता गराएका थिए।

लाराले यसअघि एक मिनेटमा मार्भल सिरिजका ८८ वटा पात्रको पहिचान गरेर र एक मिनेटमै अधिकांश कार्टुनका १०२ पात्रको तस्बिर पहिचान गरेर दुई वटा रेकर्ड कायम राखिसकेकी छिन्।

‘म अष्ट्रेलियन भएकोले अमेरिकी राष्ट्रपतिहरूको नाम र अनुहार त्यति चिन्दिनथेँ। तर पनि मैले उनीहरूको नाम छिटोछिटो वाचन गर्न थुप्रै घण्टा अभ्यास गरेर नयाँ रेकर्ड बनाएँ’ नयाँ रेकर्ड बनाएपछि लाराले भनेकी छन्।

असार १८, २०७९ शनिबार ११:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।