जब मेयरले घडियाल गोहीसँग विहे गरे...

जब मेयरले घडियाल गोहीसँग विहे गरे...

एजेन्सीः मेक्सिकोको सान पेड्रो हुआमेलुला नगरका मेयरले घडियाल गोहीसँग विहे गरेका छन्। त्यहाँका मेयर भिक्टर ह्युगो सोसाले सात वर्षीय घडियाल (लिटल प्रिन्सेस)सँग विहे गरेका हुन्।

विहेमा घडियाललाई बेहुलीझैँ सिँगारिएको थियो। अनि मेयरले घडियाललाई चुम्बन पनि गरेका थिए।

तर यो विहे मेयरको मानसिक सन्तुलन गुमेर भएको चाहिँ होइन। त्यस क्षेत्रमा लामो समयदेखि चलेको यो विशुद्ध आदिबासी परम्परा हो। नगरको समृद्धिको लागि यस्तो गरिएको हो।

त्यहाँ घडियाल गोहीलाई देवता धरती माताको रूपमा पूज्ने गरिन्छ। र घडियालको स्थानीय नेतासँगको विहेले मानव र देवताको मिलनको सङ्केत गर्ने उनीहरूको बुझाइ छ।

वैवाहिक समारोहमा पारम्पारिक सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।

यो विवाह प्रकृतिको पुरस्कार पाउन गरिने प्रार्थना जस्तै भएको मेयर सोसाको भनाइ छ। उनी भन्छन्, 'हामी प्रकृतिलाई पर्याप्त वर्षा देऊ भन्छौंं। पर्याप्त खाना माग्छौं। नदीमा पर्याप्त माछा होऊन् भनेर माग्छौं।'

यस्तो विवाहले यो कामना पूरा हुने विश्वास उनीहरू गर्छन्।

असार १८, २०७९ शनिबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।