गुगल नक्साका प्रयोगकर्ताले ६ खुट्टा भएको कुकुर देखेपछि...

गुगल नक्साका प्रयोगकर्ताले ६ खुट्टा भएको कुकुर देखेपछि...

एजेन्सी : गुगल नक्सा विभिन्न प्रयोजनको लागि प्रयोग गर्छन्। अधिकांश गुगल नक्सामार्फत प्रयोगकर्ताले पक्कै पनि या त आफूले चाहेको दिशा खोज्छन् भने या त आफू बस्ने क्षेत्र या आफ्नो घर खोज्छन्। तर गुगल नक्सा प्रयोग गर्दा कहिलेकाहीँ चकित पार्ने घटना पनि सार्वजनिक हुने गर्छन्।

यस्तै घटना अमेरिकामा पनि फेला परेको छ। अमेरिकाकी राज्य क्यालिफोर्नियास्थित सान जोसका एक व्यक्तिले गुगल नक्सामार्फत आफ्नो घर पुग्ने स्ट्रिट (बाटो ) खोजिरहेका थिए। सो क्रममा उनले सान जोस नजिकै लस पेसोज पार्कमा एक हैरान हुने दृश्य फेला पारे।

त्यो दृश्य थियो, एक जोडी मानिससँग ६ वटा खुट्टा भएको कुकुर पनि हिँडिरहेको। गुगल नक्सामा सामान्य कुकुरको खुट्टाभन्दा दुई गुणा बढी लम्बाई भएको छ खुट्टे कुकुर देखेपछि उनी चकित परे। कहिल्यै देखा नपरेको सो घटना देखेपछि थप उत्सुक हुँदै उनले सो दृश्यलाई पछ्याइरहे।

छ खुट्टे कुकुरको रहस्यबारे थाहा पाउन उनले घण्टौँसम्म गुगलमा खोजी गरे। सो दृश्यले आफू निकै दोधारमा र चकित परेको भन्दै उनले सामाजिक सञ्जालमा ‘मैले ६ वटा खुट्टा भएको कुकुर फेला पारे’ भन्दै स्ट्याटस पनि लेखे।

आफ्नो उत्सुकताको जवाफ गुगलमा नभेटेपछि उनले सो दृश्यलाई गुगल नक्साबाटै खोज्ने निधो गरे। गुगल नक्सामा उनले सो दृश्यलाई घण्टौँसम्म पछ्याए। लामो प्रयासपछि उनको उत्सुकता मेटियो । गुगल नक्सामा देखिएको कुकुरको वास्तवमा ६ वटा खुट्टा नभई सँगै हिँडेको अर्को कुकुरको थियो । जुन क्यामेराको त्रुटिका कारण देखिएको थियो।

असार १७, २०७९ शुक्रबार १४:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।