रुसी सेनाको मिसाइल आक्रमणमा परी दुई बालबालिकासहित १८ जनाको मृत्यु

रुसी सेनाको मिसाइल आक्रमणमा परी दुई बालबालिकासहित १८ जनाको मृत्यु

एजेन्सीः युक्रेनको बन्दरगाह शहर ओडेसमा आज बिहान रुसी सेनाले गरेको मिसाइल (क्षेप्यास्त्र) आक्रमणमा परी दुई जना बालबालिकासहित १८ जना मारिएका छन्। सो मिसाइल निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन्।

आक्रमणमा परी ३० जना घाइते भएका छन्। आक्रमणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ। युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दावी गरेको छ।

रुस-युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ। दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ। खाद्य सङ्कटको चुनौती थपिएको छ।

गत सोमबार किएभमा एक सपिङ कम्प्लेक्समा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रुसमाथि युद्ध अपराधको आरोप लगाएको छ। एक हजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रुसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका थिए।

असार १७, २०७९ शुक्रबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।