कमिलाले सुनको सिक्री चोरेपछि

कमिलाले सुनको सिक्री चोरेपछि

एजेन्सी : एकीकृत शक्तिका लागि सबैभन्दा गतिलो उदाहरण हुन् कमिला। उनीहरू मिलेर यस्ता काम गर्छन् कि आकारका आधारमा हेर्दा असम्भव लाग्छ। तर अहिले इन्टर नेटमा एउटा भिडियो भाइरल भइरहेको छ जसले पुन पुष्टि गरिदिएको छ कमिलाको एकताको अगाडि असम्भव भन्ने केही छैन।

ट्विटरमा भिडियो राखेका हुन् इन्डियन फरेस्ट सर्भिसका अफिसर सुशान्त नन्दाले। उनले राखेको भिडियोमा काला प्रजातिका कमिलाहरू मिलेर सुनको सिक्री बोकेर गइरहेका छन्।

लामबद्ध लागेका उनीहरूले सजिलैसँगै सुनको सिक्री लगिरहेको देखिन्छ भिडियोमा। उनले साना सुन तस्कर नाम राखेर सार्वजनिक गरेको भिडियो भाइरल भइरहेको छ अहिले। 

असार १६, २०७९ बिहीबार १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।