कर्णाली प्रदेश सभामा एमालेको अवरोध जारी
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको दसौं अधिवेशनको १८औँ बैठकमा अवरोध जारी राखेको छ। यही असार १२ गतेदेखि अवरुद्ध बैठक अवरोध सुचारु हुन सकेको छैन।
बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बस्दा पनि सहमति हुन नसक्दा १२ गतेदेखि स्थगित बैठक आजसम्म सुचारु हुन नसको हो।
स्थगित सदन सुचारुका लागि आज ११ बजे सर्वदलीय बस्ने तयारी रहेको कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधि अनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रको निष्पक्षताको आधार दिनुपर्ने, रु १५ लाख बजेटभन्दा मुनिका योजना स्थानीय तहलाई दिनुपर्ने माग राख्दै आएको कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बताए।
प्रतिपक्षी दलले उठाएका ती विषयमा प्रदेश सरकारले सहमति गर्न सके प्रदेशसभा सुचारु हुने अवस्था आउने उनको भनाइ छ।
असार १६, २०७९ बिहीबार ११:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।