महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

मुम्बई : भारतको महाराष्ट्र प्रदेशका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले बहुमत सिद्ध गर्न आदेश दिएलगत्तै उनले राजीनामा दिएका हुन्।

‘म शिव सेनाहरुको रगत बगोस् भन्ने चाहन्नँ। त्यसैले महाराष्ट्रको मुख्यमन्त्री पद त्याग्दै छु,' ठाकरेले सामाजिक सञ्जालमा भनेका छन्, ‘पद त्याग गर्दा मलाई कुनै दुःख लागेको छैन।’  

ठाकरेले मुख्यमन्त्रीसँगै विधान परिषद्को सदस्यता पनि त्याग्ने बताएका छन्।

राजीनाको घोषणालगत्तै उनी राज्यपाल भगतसिंह कोसियारीलाई आफ्नो राजीनामा बुझाउन राजभवन पुगेका थिए। उनी दुई वर्षअघि महाराष्ट्रको मुख्यमन्त्री बनेका हुन्। 

महाराष्ट्रका राज्यपाल कोसियारीले पनि बहुमत परीक्षण गर्न भन्दै आज बिहान ११ बजेका लागि विधानसभाको विशेष अधिवेशन आह्वान गरेका थिए। त्यस विरुद्ध शिवसेनाका नेता सुनिल प्रभुले सर्वोच्चमा रिट दायर गरेका थिए।

असार १६, २०७९ बिहीबार ०८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।