श्रीलङ्काको सुधारगृहबाट ६०० भन्दा बढी कैदी फरार

श्रीलङ्काको सुधारगृहबाट ६०० भन्दा बढी कैदी फरार

कोलम्बो : दुई कैदी समूहहरूबीच झगडा भएपछि बुधबार मध्य श्रीलङ्काको पोलोनारुवास्थित सुधारगृहबाट ६०० भन्दा बढी कैदी फरार भएका छन् ।

श्रीलंकाका प्रहरी प्रवक्ता निहान थल्दुवाले सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधारगृह क्षेत्रलाई घेरा हाली भागेका कैदीको खोजी सुरु गरिएको बताए। उक्त सुधारगृहमा करिब एक हजार कैदी राखिएको थियो।

सन् १९४८ मा स्वतन्त्र भएदेखि देशले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलङ्कालाई अझै पनि पिरोलेको छ।

देशभरि खाद्यान्न, औषधि, खाना पकाउने ग्याँस र इन्धनजस्ता अत्यावश्यक वस्तुहरूको तीव्र अभाव भएको छ।

असार १६, २०७९ बिहीबार ०७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।