सरकार मूर्ख भयो भनेर किसान कसरी मूर्ख बन्नु !

सरकार मूर्ख भयो भनेर किसान कसरी मूर्ख बन्नु !

काठमाडौँ : असार १५ का दिन राष्ट्रपतिदेखि प्रधानमन्त्री सम्मले रोपाइ दिवस भन्दै शुभकामना दिए। तर रोपाइकै लागि चाहिने मल दिन सकेनन्। हरेक वर्ष खेतीको मौसममा सधैँ मलको हाहाकार हुने गरेको छ। सरकारले मल ल्याउन अर्बौँ रकम खर्च पनि गर्ने गरेको छ। तर कुनै वर्ष तोकिएको समयमा मल आउँदैन।

यो वर्षको अवस्था पनि त्यही भयो। अब सरकार मूर्ख भयो भनेर किसान पनि मूर्ख बनिदिए त खाद्यान्न कहाँबाट ल्याउने ? त्यसैले सरकारले दुखै दिए पनि दुख बिर्सेर असार १५ दिन किसानहरू खेतमा मिहेनत गर्न निस्किए। खोकनाका यस्तै मिहेनेती किसानहरूको तस्बिर हुन् यी।

असार १५, २०७९ बुधबार २३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।