नयाँ अध्ययनका अनुसार विश्वभर हरेक ४ मध्ये १ जना बाढीको जोखिममा

नयाँ अध्ययनका अनुसार विश्वभर हरेक ४ मध्ये १ जना बाढीको जोखिममा

एजेन्सी : विश्वको एक चौथाइ जनसङ्ख्या बाढीको उच्च जोखिममा रहेको नयाँ अध्ययनले देखाएको छ।  मङ्गलवार नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित नयाँ अध्ययनले विश्वभर हरेक चारमध्ये १ जना बाढीको उच्च जोखिममा रहेको देखाएको हो।

भारी वर्षा र चक्रवातका कारण संसारभर वर्षेनी लाखौँ मानिस प्रभावित हुने गरेको र अर्बौँ डलर बराबरको भौतिक क्षति हुने गरेको छ।

विश्वव्यापी तथ्याङ्कको आधारमा तयार पारिएको नयाँ अध्ययनले पछिल्लो समय गरिब मुलुकहरू बाढीको उच्च जोखिममा रहेको समेत चेतावनी दिएको छ।

अध्ययनअनुसार विश्वको २३ प्रतिशत जनसङ्ख्या १५ सेन्टिमिटरभन्दा बढिको बाढीको प्रत्यक्ष मारमा परिरहेको छ। जुन १०० वर्षको तुलनामा १ वर्षमा आउने गरेको बाढी हो।

समग्रमा बाढी र डुबानमा परेकामध्ये झन्डै ९० प्रतिशत मानिसहरू न्यून र मध्यम आय भएका देशहरूमा बस्ने गरेको सो अध्ययनले उल्लेख गरेको छ। 

असार १५, २०७९ बुधबार २३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।