असार २४ मा ज्योतिष हरिहरसँग विवाह गर्दै अभिनेत्री निता
काठमाडौँ : नायिका निता ढुङ्गानाले प्रेमी ज्योतिष हरिहर अधिकारीसँग विवाह गर्ने पक्का भएको छ। एक फिल्म अभिनय गरेर असफल भएका अधिकारी र निताबिच प्रेम सम्बन्ध रहेको त धेरै अगाडिबाटै सार्वजनिक भएको थियो।
सार्वजनिक कार्यक्रमहरूमा यी दुवै प्राय सँगै देखिन्थे। तर उनीहरूले सार्वजनिक रूपमै प्रेम स्वीकार गरिसकेका थिएनन्। दुवै जना मिलेर भारतको दक्षिण भारतीय फिल्ममा जमेका कलाकारहरूलाई लिए नेपाली फिल्म 'ह्रस्व दीर्घ' बनाउने घोषणा गरिसकेका छन्।
यी दुवै फिल्म निर्माणको काम सुरु हुनु अगाडि नै विवाद गर्न जाँदै छन्। निता निकट स्रोतबाट आएको जानकारी अनुसार यी दुवैको विवाह असार २४ मा याक एन्ड यति होटेलमा हुँदै छ।
तर अन्य सेलिब्रिटीको विवाह समारोहमा झैँ निताले र हरिहरले पनि विवाहको दिन मिडिया र सेलिब्रिटीहरुलाई भने नबोलाउने तयारी गरेकी छिन्। विवाहपछि सोही होटेलमा भव्य पार्टी दिएर मिडिया र सेलिब्रिटीहरु बोलाउने दुवैको तयारी रहेको स्रोतले उकेरालाई जानकारी दियो।
असार १५, २०७९ बुधबार २३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।