भोजपुरी फिल्मकी नोरा फतेही
एजेन्सी : बलिउड होस् या भोजपुरी फिल्म क्षेत्र हरेक दिन कोही न कोही नयाँ कलाकार आफ्नो भाग्य परीक्षण गर्न आइरहेका हुन्छन् नै। कति सफल हुन्छन् त कति असफल। केही महिना अगाडि भोजपुरी फिल्म क्षेत्रमा एक नयाँ अभिनेत्री आइन्। उनले खेसारी लाल यादवसँग एक गीतको म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्। त्यसैले उनी एकै रातमा चर्चित भइन्। उनले अपनाम पाइन् भोजपुरी फिल्मकी नोरा फतेही।
उनको नाम हो नम्रता मल्ला। उनले भारतीय भोजपुरी फिल्म क्षेत्रका चर्चित कलाकार खेसारीसँग दो घुट बोलको गीतमा डान्स गरेकी थिइन्। सो भिडियोमा उनले देखाएका डान्स मुभ्सहरुले उनको फ्यानहरू ह्वात्तै बढ्यो। उनको मुभ्सहरु हेरेर उनलाई भोजपुरी नोरा भन्न थालियो।
उनी सामाजिक सञ्जालहरूमा आफूले नाचेका भिडियो क्लिपहरू सार्वजनिक गरिरहन्छिन् र दर्शकहरूले पनि उनका क्लिपहरू मन पराइरहेका छन्। उनका पोस्टहरूमा उनलाई नोरा फतेही भनेर लेख्ने गरेका छन् उनका फ्यानहरूले।
असार १५, २०७९ बुधबार २३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।