भारत महाराष्ट्रका सिएम उद्धवले गरे राजीनामा घोषणा

भारत महाराष्ट्रका सिएम उद्धवले गरे राजीनामा घोषणा

एजेन्सी : भारत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले राजीनामाको घोषणा गरेका छन्। आफ्नै पार्टीका नेता एकनाथ सिन्देको विद्रोहपछि उनी अल्पमतमा परेका थिए। विधान सभामा बहुमतको परीक्षणबारे अदालतमा पुगेको विवादमा ३० जुनमा विधान सभामा बहुमत परीक्षण गर्न अदालतबाट आदेश आएको थियो।

सो आदेशपछि उद्धवले फेसबुकमा लाइभ गर्दै आफूलाई अल्पमत र बहुमतको मतलब नभएको र आफ्नैले धोका दिएको भन्दै विधान सभामा बहुमतको परीक्षण अगाडि नै राजीनामाको घोषणा गरेका थिए।

शिव सेनाकै नेता एकनाथले उद्धवको सम्बन्ध अन्डर वर्ड डन दाउदसँग रहेको भन्दै शिव सेनाको बहुमत सांसद आफ्नो पक्षमा रहेको दाबी गर्दै आएका छन्। तर उद्धवले भने शिव सेना आफ्नो पार्टी रहेको र सधै रहने दाबी गरेका थिए।

उनले राजीनामाको घोषणा गरेसँगै मुम्बइमा आगामी सरकार गठनबारे अन्य दलहरू भने छलफलमा जुटेका छन्। सिन्देले आफ्नो पक्षमा ५० सांसद रहेको दाबी गर्दै विधान सभामा हुने बहुमत परीक्षणमा त्यो प्रमाणित गरेर देखाउने दाबी गरेका छन्।

असार १५, २०७९ बुधबार २३:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।